• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खुले काठमाडौंका नाका, रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागे

    401
    SHARES



    काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नाकाहरुबाट सवारी साधनको आउ–जाउ खुला गरिएको छ ।

    वर्षाको कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधनहरु आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो । अहिले नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरुमा सवारी साधनहरुको चाप छ ।

    ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको भट्टेडाँडामा बाहेक अन्य स्थानमा सवारी आवागमन जारी छ । ठाउँठाउँमा ट्राफिक प्रहरीहरु खटिएर सवारी साधनहरुलाई गन्तव्यमा पठाइरहेका छन् ।

    मुग्लिङ-नारायणगढ सडकखण्ड पनि आज बिहान ७ बजेबाट दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ