• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुनसरीमा विद्युत् प्राधिकरणको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

    373
    SHARES



    विराटनगर । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

    दुहबी- धरान ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि मर्मतका लागि गएको बा१ञा १६५१ नम्बरको स्कोरपिओ दुर्घटनामा परेको हो ।

    सोमबार राति करिब ११ बजे कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिकै प्राधिकरणको स्कोरपिओ गाडी दुर्घटना हुँदा धरान–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । राई चालक हुन् । आचार्य प्राधिकरणका प्राविधिक कर्मचारी हुन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा अर्का कर्मचारी धरान–२० का ३२ वर्षीय पदम राई घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

    प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलले मर्मत टोली डिउटीकै क्रममा दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार राति साढे ९ : ५४ बजेतिर दुहबी–धरान प्रसारण लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो । सोही गाडी दुर्घटनामा परेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ