• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आत्मदाह गरेका गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

    586
    SHARES



    काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

    नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्‍याइएको थियो ।

    पीडित पक्ष र सरकारबीच आइतबार ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ