• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानव अधिकार आयोगमा उजुरी

    148
    SHARES



    काठमाडौँ । जेनजी अभियानी माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा सरकार, गृह प्रशासन र प्रहरी विरूद्ध उजुरी दिएको हो।

    अलायन्सले गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली र प्रधानमन्त्री कार्यालय/ गृह मन्त्रालयबाट समन्वय गरी पठाइएको प्रतिनिधि बताउने ओजस्वी थापा विरूद्ध उजुरी दिएका हुन्।

    थापाले त्यसदिन प्रहरीलाई निर्देशन दिएर परिचालन गरेको आरोप छ। त्यसैगरी संविधानको धारा १६, १७, २० र २२ को विपरीत मानव अधिकारको उल्लंघन गरेको उजुरीमा उल्लेख छ।

    विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने हक, लगायतविरूद्ध अन्सारीमाथि कुटपिट गरी नियन्त्रणमा लिएको उजुरी दिएको छ।

    अलायन्सले त्यस दिनको भिडिओ, कीर्तिपुर अस्पतालको रिपोर्ट र टिचिङ अस्पतालको रिपोर्ट पनि बुझाएको छ। हाल अन्सारी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ