• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आजको मौसम : न्यून चापीय रेखा तराई नजिक, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

    377
    SHARES



    काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सरेको छ। यसका कारण मुलुकभरको मौसममा बदली आएको छ।

    अहिले देशभर अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ।

    सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बादल लाग्ने अनुमान गरिएको छ।

    वर्षा र हिमपातको कुरा गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा पनि यस्तै मौसमी प्रणाली देखिने छ।

    यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

    महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले चेतावनी दिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ