• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकार विरुद्ध सुकुमबासीहरूले पनि सुरु गरे आन्दोलनको मोर्चा

    482
    SHARES



    काठमाडौं । सरकार विरुद्ध सुकुमबासीहरूले पनि आन्दोलनको मोर्चा सुरु गरेका छन् । आइतबार मध्याह्न १२ बजेदेखि संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको सहअध्यक्ष नारायण परियार परिश्रमीको नेतृत्वमा कीर्तिपुर होल्डिङ सेन्टरको विषयलाई लिएर माइतीघरमा विरोध प्रदर्शन सुरु भएको छ ।

    सुकुमबासीलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पनि शनिबार प्रहरी र जेनजी पुस्ताका युवाहरूको बिचमा धक्कामुक्की भएको थियो । शुक्रबार राति बागमतीको बाढी होल्डिङ सेन्टरमा पसेर सुकुमबासीहरू बिचल्लीमा परेपछि युवाहरू शनिबार कीर्तिपुरमा पुगेर सरकारी व्यवस्थापनमाथि प्रश्न उठाएका थिए ।

    प्रश्न उठाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ रिहा गरेको थियो । कीर्तिपुरमा प्रहरीसँग विवाद गरेको आरोपमा माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालाई नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

    पक्राउ गर्ने क्रममा माजिद अन्सारी घाइते भएका थिए । आँखामा चोट देखिएपछि प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार गराएको थियो । प्रदर्शनकर्ताहरुले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ