• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न डिआइजीको संयोजकत्वमा समिति गठन

    169
    SHARES



    काठमाडौँ । गृह मन्त्रालयले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री गुरूङले ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्।

    उनका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी गोबिन्द थपलियालाई संयोजक बनाइएको छ।

    ‘डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छौं। तीन नगर प्रहरी सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘यसमा हामी निष्पक्ष रूपमा छानबिन गर्छौं।’ नियन्त्रणमा लिइएका दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरी हुन्।

    मुगुका गणेश नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनले बिहीबार दिउँसो राहदानी विभाग अगाडिको सडकमा आत्मदाह गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ