• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    एम्बाप्पेको निर्णायक गोलले पाराग्वेलाई धक्का, फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

    257
    SHARES



    काठमाडौं । पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो ।

    फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

    जारी विश्वकपमा यो उनको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि परेका छन्।

    खेलमा फ्रान्स हाबी बन्यो । ५९ प्रतिशत प्रतिशत बल पोजिसनमा राखेको फ्रान्सले खेलमा १५ सर्ट प्रहार गर्‍यो । पाराग्वेले ५ सर्ट मात्र प्रहार गरेको हो । जसमा एउटामात्रै सर्ट अन टार्गेट रह्यो । १८ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौंपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ । यी दुई टोली सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा प्रतिष्पर्धा गरेका थिए । उक्त खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो । हारसंगै पाराग्वे विश्वकपबाट बाहिरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ