• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    १५ करोडको दोमुख पुल अलपत्र, ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

    262
    SHARES



    हुम्ला । हुम्ला र मुगुलाई कर्णाली नदीमाथि स्थायी रूपमा जोड्ने दोमुख पक्की पुल निर्माण योजना ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि अलपत्र परेको छ। निर्माण सम्पन्न हुनुपर्ने समयसमेत सकिँदा पुलको भौतिक प्रगति भने शून्य रहेको पाइएको छ।

    जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुका अनुसार २०७८ मंसिर १४ गते श्री मृत सञ्जीवनी सेवा प्रालि, हेटौंडासँग १५ करोड ९३ लाख रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो। सम्झौताअनुसार तोकिएको अवधिभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म निर्माण कार्य प्रभावकारी रूपमा सुरु हुन सकेको छैन।

    कार्यालय प्रमुख कृष्ण चापागाईंका अनुसार निर्माण कम्पनीले सम्झौताअनुसार काम अघि नबढाएपछि कानुनी प्रक्रिया अघि बढाइएको छ। कम्पनीलाई १५ दिनभित्र प्रमाणसहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ।

    कार्यालयले तोकिएको अवधिभित्र सन्तोषजनक जवाफ प्राप्त नभए ठेक्का सम्झौता रद्द गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।

    पुल निर्माणमा भएको लामो ढिलासुस्ती, अनियमितता तथा सम्बन्धित निकायको बेवास्ताविरुद्ध मुगुका युवाले खबरदारी अभियान सञ्चालन गर्दै आएका छन्। उनीहरूले आफ्नो दबाबपछि मात्र ठेकेदार कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको दाबी गरेका छन्।

    यसैबीच, स्थायी पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयको आवतजावत सहज बनाउन सोरु गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा दोमुख क्षेत्रमा बेलीब्रिज निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ।

    दोमुख पुल निर्माण नहुँदा हुम्ला र मुगुका सर्वसाधारण वर्षौंदेखि सास्ती खेपिरहेका छन्। पुल अभावका कारण कर्णाली कोरिडोर हुँदै रारा पुग्ने छोटो मार्ग प्रयोग गर्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत आवतजावतमा कठिनाइ भोग्न बाध्य भएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ