• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सहुलियतको मल चर्को मूल्यमा बेचिएको आरोप, संलग्न सहकारी सचिव पक्राउ

    408
    SHARES



    गुल्मी । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा गुल्मी प्रहरीले एक सहकारीका सचिवलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गर्नुपर्ने युरिया र डीएपी मल अनधिकृत रूपमा बढी मूल्यमा बिक्री भइरहेको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो।

    प्रारम्भिक अनुसन्धानमा अनुदानमा खरिद गरिएको रासायनिक मल स्थानीय व्यापारीमार्फत चर्को मूल्यमा बिक्री–वितरण गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

    अनुसन्धानका क्रममा प्रहरीले विभिन्न पसल तथा घरबाट ५० केजीका २१४ बोरा युरिया र १०६ बोरा डीएपी गरी कुल ३२० बोरा रासायनिक मल बरामद गरेको छ।

    प्रहरीले पाण्डेविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ