• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

    211
    SHARES



    काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। उनलाई बिहीबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

    कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा भण्डारीलाई पक्राउ गरिएको हो।

    पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत ले २०८२ जेठ १ गते गाली बेइज्जती सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको थियो। अदालतले उनीमाथि १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला पनि गरेको थियो।

    यो मुद्दा किरण बिष्ट ले दायर गरेका थिए। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचारमा आफूलाई तथ्यहीन रूपमा जोडेर चरित्रहत्या गरेको आरोप लगाउँदै उनले पत्रकार भण्डारीविरुद्ध उजुरी दिएका थिए। किरण बिष्ट हाल राष्ट्रिय समाचार समिति मा कार्यरत पत्रकार हुन्।

    उल्लेखनीय छ, २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किएकी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाको निम्बुखेडा खोला किनारस्थित उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। देशव्यापी रूपमा चर्चित बनेको उक्त घटनाका वास्तविक आरोपी हालसम्म पहिचान हुन सकेका छैनन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ