• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

    305
    SHARES



    काठमाडौँ । देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ।

    बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका ३४ भन्दा बढी जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ।

    महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा बहाव बढ्नेछ। यसैगरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, दिपायल, डडेल्धुरा, अछाम र यस आसपासका जिल्ला भई बहने खोला तथा नदीहरूमा पनि बाढीको जोखिम रहेको छ।

    यस्तै, बाढीको यो जोखिम भोलि र पर्सि पनि कायम रहने देखिएको छ। भोलि र पर्सि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। सोही अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स-साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।

    साना नदीहरूमा बाढीको जोखिम रहे पनि देशका प्रमुख र ठुला नदीहरूको अवस्था भने हाल सामान्य रहेको छ। महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ।

    यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको जानकारी महाशाखाले दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ