• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड

    229
    SHARES



    काठमाडौं । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् ।

    इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन् ।

    यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ मा १३ घण्टा ४० मिनेट ३४ सेकेन्डमा लक्ष्य पूरा गर्दै रेकर्ड राखेकी थिइन् ।

    प्रतियोगिताको सुरुआती चरणमा सुनमायाले अष्ट्रेलियाकी धाविका लुसी बार्थोलोम्यूसँगै प्रतिस्पर्धा गरेकी थिइन् । तर दौडको निर्णायक चरणमा उनले गति बढाउँदै अग्रता बनाइन् र अन्तिम खण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरिन् ।

    प्रतियोगिता आयोजकले सामाजिक सञ्जालमार्फत सुनमायालाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ को ‘नयाँ क्विन’ घोषणा गरेको छ । साथै उनको सन्तुलित र रणनीतिक दौडको प्रशंसा गरेको छ ।

    आयोजकले सुनमायाले कोर्टिना द आम्पेज्जोमा इतिहास रच्दै १३ वर्ष पुरानो कोर्स रेकर्ड तोडेको उल्लेख गरेको छ ।

    सुनमाया बुढा जुम्ला जिल्लाको पातारासी गाउँपालिकाकी हुन् । यो सफलतासँगै अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनिङमा नेपालको प्रतिष्ठा थप उँचो बनाएको भन्दै उनले प्रशंसा पाइरहेकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ