• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा

    305
    SHARES



    विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ। विराटनगर–८, मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खानतलासी गरेको हो।

    मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घरमा शङ्कास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको जानकारी दिए।

    ‘हामीलाई घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचना प्राप्त भएको छ, सोही आधारमा प्रहरी टोलीले खानतलासी सुरु गरेको हो,’ एसपीले भने। यद्यपि, शङ्कास्पद वस्तु के हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।

    प्रहरीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको पनि खानतलासी गरेको छ। ती गाडीहरू गिरीले नै प्रयोग गर्दै आएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ