• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

    324
    SHARES



    काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुगेको छ । भूकम्पमा परी अरु ९ सय ७१ जना घाइते भएका छन् ।

    भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परी व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् ।

    बुधबार बेलुकीपख गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई वटा शक्तिशाली भूकम्प भेनेजुएलाको इतिहासमा एक शताब्दीभन्दा बढी समयपछिकै सबैभन्दा ठूला र विनाशकारी मानिएका छन्। भूकम्पको धक्का भेनेजुएलाका अधिकांश स्थानका साथै आसपासका छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो ।

    भूकम्पका कारण ठूला र बहुतले भवनहरू भत्किँदा कैयौँ मानिसहरू भग्नावशेषमा पुरिएका छन् । सरकारी टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा सबैभन्दा बढी प्रभावित भएको ला गुआइरा राज्यमा उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालेको दृश्य देखाइएको छ ।

    ती बालबालिकाहरू धूलोले लतपतिएका भए पनि सकुशल फेला परेका हुन् । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै भवनहरू भत्किएका कारण यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र त्यहाँ युद्धस्तरमा उद्धार कार्य जारी रहेको जानकारी दिएकी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ