• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पको चेतावनी– इरानले परमाणुस्थल निरीक्षण नगराए वार्ता रद्द

    94
    SHARES



    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए ।

    पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द गरिदिन्छु ।’

    स्वीटजरल्याण्डमा हालै भएको अमेरिका र इरानका अधिकारीहरुबीचको वार्तामा अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा ६० दिनका लागि हटाउने र १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने सहमति भएको थियो ।

    साथै इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुन: आफ्नो देशमा प्रवेश गर्न दिने सहमति भएको जनाइएको छ । यसबीचमा स्थायी युद्धविरामको प्रयासमा थप वार्ताहरु गर्ने सहमति पनि भएको थियो ।

    ट्रम्पका अनुसार संयुक्त राष्ट्रसंघीय परमाणु निकाय आईएईएका अधिकारीहरू उचित समयमा इरान पुग्नेछन् र त्यहाँको परमाणु कार्यक्रमको निगरानी गर्नेछन् । यद्यपि उनले निरीक्षण कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी भने दिएका छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ