• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    सैन्य रणनीति बदल्दै इरानले भन्यो – ‘प्रतिरक्षा होइन, पहिले आक्रमण’

    535
    SHARES



    काठमाडौं । इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो ।

    इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग कुरा गर्दै यो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    पुरदस्तानका अनुसार इरान अब प्रतिरक्षात्मक कारबाहीमा मात्र सीमित रहनेछैन, बरु आवश्यक परे पहिले आक्रमण पनि गर्न सक्ने छ ।

    ‘राष्ट्रिय हितको आवश्यकता परे इरानले त्यस्ता मोर्चाहरूमा पनि कारबाही गर्न सक्छ, जहाँबाट शत्रुले अनुमान समेत गरेको हुँदैन,’ उनले भनेका छन् ।

    अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट इरानको सैन्य शक्ति कमजोर भइरहेको दाबी गरिएका बेला उनको यो भनाइ सार्वजनिक भएको हो ।

    उनले इरानको सैन्य क्षमताको ठूलो हिस्सा अहिलेसम्म प्रयोग नै नभएको दाबी गरेका छन् । साथै, इरान लेबनानको सुरक्षाका लागि पूर्णरूपमा तयार रहेको पनि उनले बताएका छन् ।

    अलजजिरा अनलाइनका अनुसार पूर्व सर्वोच्च नेता अली खामेनीको कार्यकालमा इरानी सेनाले ‘रणनीतिक धैर्य’ नामक सिद्धान्त अपनाएको थियो । विज्ञहरूले यस रणनीतिलाई ‘सावधानीपूर्वक र योजनाबद्ध’ संयमको नीति भनेर व्याख्या गर्छन्, जसले प्रत्यक्ष टकरावभन्दा बढी प्रतिरोधमा ध्यान केन्द्रित गर्थ्यो ।

    तर अमेरिका र इजरायलसँगको युद्धपछि इरानले ‘सक्रिय र अभूतपूर्व प्रतिरोध’ को सिद्धान्त अपनाएको छ । यसअन्तर्गत कुवेत, यूएई, बहराइनसहित इजरायलमाथि पनि आक्रमणहरू भएको बताइन्छ ।

    अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त आक्रमण गर्दा सर्वोच्च नेता अली खामेनी मारिएका थिए । हाल उनको छोरालाई सर्वोच्च नेता घोषणा गरिए पनि उनी सार्वजनिक रुपमा देखिएका छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ