• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मदिरा पिउँदा सुरु भएको विवादले भक्तपुरमा ट्याटु आर्टिष्टको हत्या

    244
    SHARES



    भक्तपुर । भक्तपुरमा ट्याटुको विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि एक युवकको हत्या भएको छ। सोमबार राति भक्तपुर नगरपालिका–१ स्थित एक होटलमा मदिरा सेवन गरिरहेका बेला दुई समूहबीच विवाद भएको थियो।

    महोत्तरीको मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाइली ट्याटु आर्टिष्टका रूपमा काम गर्दै आएका थिए। सोही होटलमा अर्को टेबलमा बसिरहेका युवाहरूसँग उनको सामान्य कुराकानीबाट विवाद सुरु भएको प्रहरीको भनाइ छ।

    प्रहरीका अनुसार रसाइलीले “ट्याटु हान्ने हो ?” भनेर सोध्दा अर्को समूहका झापाको दमक नगरपालिका घर भएका २७ वर्षीय दोर्जे शेर्पासँग भनाभन भएको थियो। विवाद बढ्दै जाँदा रसाइलीले फोन गरेर आफ्ना साथीहरू बोलाएको आरोप पनि दोर्जे पक्षले लगाएको छ।

    विवादपछि होटल बाहिर पुगेपछि झगडा चर्किएको थियो। सो क्रममा दोर्जे शेर्पाले रसाइलीमाथि चक्कु प्रहार गरेका थिए। घटनामा सँगै रहेका उदयपुरका ३१ वर्षीय आयुष कार्की र गुल्मीका ३५ वर्षीय रमेश कुँवरले समेत सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। उपचारका क्रममा आज बिहान ६:१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    प्रहरीका अनुसार घटना संलग्न तीनै जना मजदुरी गर्दै भक्तपुरमै बस्दै आएका थिए। घटनापछि फरार भएका उनीहरूलाई प्रहरीको सर्च अपरेशनमार्फत पक्राउ गरिएको छ।

    मृतकले बोलाएका भनिएका अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ