• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तनहुँमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

    296
    SHARES



    तनहुँ । तनहुँका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    बन्दीपुर गाउँपालिका–४ गुम्बास्थित भित्री सडकखण्डमा ग १ क ५४६६ नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना हुँदा चालक व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय चुनु श्रेष्ठ गम्भीर घाइते भएका थिए।

    जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद श्रेष्ठका अनुसार घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारकै क्रममा आइतबार साँझ ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

    यस्तै, पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्डमा भएको अर्को सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अर्का एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ