• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    वडाध्यक्षलाई मुक्का हानेको आरोपमा महिला पत्रकार पक्राउ

    495
    SHARES



    धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा कुँवरले हातपात गरेकी थिइन्। कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद भएपछि कुँवरले देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

    घटनापछि वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार उनलाई हिरासतमा राखिएको छ।

    देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएपछि सोही आधारमा मुद्दा दर्ता गरिएको र अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    यता, कुँवरले सामाजिक सञ्जालमार्फत वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ