• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इसराइल र हिजबुल्लाहबीच युद्धविराम, खुल्यो अमेरिका-इरान वार्ताको ढोका

    287
    SHARES



    काठमाडौँ । इसराइल र हिजबुल्लाहबीच युद्धविराम भएको छ। लेबननको इरान समर्थित लडाकू समूह र इसराइलबीच शुक्रबार युद्धविराम भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    शुक्रबार लेबननको समयअनुसार अपराह्न ४ बजेदेखि युद्धविराम लागु भएको हो। दुवैले जुन २३ देखि २५ सम्म वाशिङ्टनमा इजरायल–लेबनान वार्ताको अर्को चरण आयोजना गर्ने विषयमा पनि छलफल गरेका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबिसी न्युजसँग कुरा गर्दै इसराइललाई आफूले युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेको बताएका छन्। अमेरिकी र कतारी मध्यस्थकर्ताहरूले इरानको सहयोगमा युद्धविराम सम्झौता तयार पारेका थिए।

    अन्तरिम सम्झौताअनुसार अमेरिका, इरान र उनीहरूका सहयोगीहरूले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य गर्नुपर्नेछ।

    इरानी विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार पाकिस्तानी समकक्षीसँगको टेलिफोन संवादमा लेबनानमा युद्ध अन्त्यसहित सम्झौताका प्रतिबद्धता उल्लंघन भए त्यसको जिम्मेवार अमेरिका हुने बताएका छन्।

    युद्धविरामसँगै मध्यपूर्वमा दीर्घकालीन शान्तिस स्थापना प्रयासले गति लिने अपेक्षा गरिएको छ। इरानले अमेरिकासँगको अन्तिम सम्झौतामा हस्ताक्षर गर्नका लागि लेबननमा इसराइल आक्रमण रोक्नुपर्ने माग गर्दै आएको थियो।

    इसराइलले भने युद्धविराममा लेबनन समावेश नभएको भनेर त्यहाँ हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको थियो। शुक्रबार युद्धविराम घोषणा भएको एक घन्टासम्म पनि इसराइलले हमला गरेको भनेर रोयटर्सले लेखेको छ।

    लेबननमा इसराइली आक्रमण नरोकिएपछि शुक्रबार नै स्विट्जरल्याण्डमा हुने भनिएको इरान-अमेरिका वार्ता स्थगित भएको थियो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अन्तिम समयमा भ्रमण रद्द गरेपछि स्वीस विदेश मन्त्रालयले वार्ता स्थगित गरेको हो।

    युद्धविराम भएसँगै स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच वार्ताको तयारी भएको छ। वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ स्विट्जरल्याण्ड जान लागेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

    मार्च २ मा हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान क्षेत्रीय युद्धमा तानिएको थियो। त्यसको प्रतिक्रियामा इजरायलले व्यापक सैन्य अभियान सञ्चालन गर्दै दक्षिणी लेबनानमा प्रवेश गरेको थियो।

    फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि शुरु भएको युद्धमा हालसम्म कम्तीमा ७ हजार मानिस मारिएको अनुमान गरिएको छ। अधिकांश मृत्यु इरान र लेबनानमा भएका छन्। युद्धले विश्व ऊर्जा बजारमा दबाब सिर्जना गर्दै मुद्रास्फीति बढाएको थियो।

    लेबनान युद्धविरामपछि अन्तर्राष्ट्रिय तेल बजार केही स्थिर भएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार सामान्य बढे पनि साप्ताहिक रूपमा करिब ८ प्रतिशत घट्ने दिशामा रहेको छ। यसैबीच स्ट्रेट अफ हर्मुजमार्फत तेल ढुवानी पनि बढ्न थालेको छ।

    युद्धअघि विश्वको करिब पाँचौं हिस्सा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास यही समुद्री मार्गबाट ढुवानी हुने गर्थ्यो। युद्धका क्रममा इरानले मार्ग अवरुद्ध गरेपछि विश्व आपूर्ति प्रभावित भएको थियो।

    समझदारीपत्रअनुसार इरानमाथिका आर्थिक प्रतिबन्धहरू क्रमशः खुकुलो बनाइने, अर्बौं डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गरिने तथा इरानी तेल निर्यातमा तत्काल अमेरिकी छुट दिइनेछ। साथै इरानको पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने प्रस्ताव पनि समावेश छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ