• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    विश्वकप २०२६ : नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

    256
    SHARES



    काठमाडौँ । फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ।

    शुक्रबार बिहान दक्षिण कोरियालाई हराउँदै मेक्सिकोले एक खेल अगाडि नै नक आउट चरणको स्थान सुरक्षित गरेको हो। ग्वाडलाजारा स्टेडियममा लुइस लोरोले ५०औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो।

    जितसँगै समूह ए अंकतालिकामा ६ अंक बनाउँदै मेक्सिको नक आउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको हो। उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले हराएको थियो। मेक्सिकोले अब चेक रिपब्लिकसँग खेल्न बाँकी छ।

    पराजित भएको दक्षिण कोरियाको पनि नक आउट सम्भावना जिवितै छ। पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै अंक तालिकामा ३ अंक जोडेको छ। अब उसले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ।

    दक्षिण अफ्रिका र चेक रिपब्लिकले पनि बराबरी खेल्दै एक-एक अंक जोडेका छन्। उनीहरूको एक खेल बाँकी रहेका कारण नक आउट सम्भावना जिवितै छ।

    मेक्सिसको २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो भने सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ