• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रामहरि श्रेष्ठ हत्या प्रकरणमा माओवादी पूर्वलडाकु बटाला कारागार चलान

    408
    SHARES



    काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्यामा दोषी ठहर भएका माओवादी पूर्वलडाकु गोविन्द बहादुर बटाला डिल्लीबजार कारागार चलान भएका छन् ।

    घटनामा सर्वोच्च अदालतले १० वर्ष कैद सजायँ सुनाएपछि उनी आज आफैं अदालत उपस्थित भएका थिए । लगत्तै उनलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको हो ।

    नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले बटालालाई डिल्लीबजार कारागार पुर्‍याएर फर्किएको जानकारी दिएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै सफाइ दिने फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय गत जेठ २८ गते सुनाएको थियो ।

    तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमाण्डर रहेका बटलामाथि रामहरिलाई अपहरणपछि हत्या गरी नारायणी नदीमा फ्याँकेको आरोप छ । तर गोविन्दबहादुरले मरणासन्न अवस्थामा रहेका रामहरिलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ–मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएको दावी गर्दै आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ