• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मौसम पूर्वानुमान : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन

    234
    SHARES



    काठमाडौँ । हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। यसैका कारण देशका फरक-फरक भू-भागमा मौसमको विविध रूप देखिन थालेको छ।

    अहिले देशको हिमाली र पहाडी भू-भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ। बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा छ। यतिबेला कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    सोमबारको मौसम पूर्वानुमान हेर्दा देशको हिमाली भू-भाग र कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने देखिन्छ। देशका अन्य पहाडी भू-भागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

    मौसममा आएको यो परिवर्तनसँगै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको छ। पहाड र हिमालमा मात्र नभई कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ।

    एकतर्फ पहाडी र पूर्वी तराई क्षेत्रमा वर्षाको सम्भावना रहँदा अर्कोतर्फ पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा सोमबार तातो दिन हुने सम्भावना छ। ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ