• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काभ्रे बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत

    278
    SHARES



    काठमाडौँ । काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ।

    शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। शनिबार दिउँसोसम्म मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।

    उनका अनुसार मृतकहरूमा रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा-६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोशी गाउँपालिका-६ का ४५ वर्षीय मेघ बहादुर तामाङ, रोशी-का ५५ वर्षीय राजु तामाङ, वडा ७ का ६० वर्षीया माया तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका- ४ की २२ वर्षीया सुमि तामाङ छन्।

    बमबहादुर नेपाली सेनाको अमल्दार रहेको अनुसन्धानमा खुलेको डिएसपी विष्टले जानकारी दिए। घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ