• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको सफलता : ९२२ किलो गाँजा बरामद

    416
    SHARES



    विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका–७ स्थित क्षेत्रमा गरिएको अपरेसनका क्रममा ९२२ किलो गाँजासहित एक पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

    सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग तथा बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति उक्त गाँजा बरामद गरेको जनाएको छ।

    प्रहरीका अनुसार लक्ष्मनियाबाट तारेगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीलाई भारतीय नम्बर प्लेटको बिआर ३८ जेड ७४५२ नम्बरको मोटरसाइकलले अगुवाइ गरिरहेको अवस्थामा सुरक्षाकर्मीले शंका लागेर निगरानी बढाएका थिए। टोलीले पछ्याउन थालेपछि चालकहरू सवारी साधन छाडेर फरार भएका थिए।

    जाँचका क्रममा पिकअप गाडीभित्र धानको भुसले छोपेर राखिएको २९ वटा पोकामा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल ९२२ किलो रहेको छ।

    बरामद गाँजा, पिकअप गाडी र मोटरसाइकललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ