काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको हिँडेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले फिर्ता पठाएको छ ।
मंगलबार बिहान उनीहरू त्रिभुवन विमानस्थल पुगेका थिए, तर अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको प्रस्थान गर्ने अनुमति दिएनन् ।
अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले उनीहरुको राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले फर्काइएको जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा अध्यागमन विभागले उनीहरूको राहदानी ‘वाच लिस्ट’मा राखेको थियो ।
प्रतिक्रिया