• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    310
    SHARES



    अछाम । अछामको कमलबजार नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। कमलबजार नगरपालिका वडा नम्बर ७ क्वालेखस्थित सडक खण्डमा गुडिरहेको सवारी साधन दुर्घटनामा परेको हो।

    सदरमुकाम मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप सडकमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेर सोही ठाउँका ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका छन्।

    सोही दुर्घटनामा परेर स्थानीय मिन बहादुर भाट र बद्री भाट घाइते भएका छन्। उनीहरूको अवस्थालाई ध्यानमा राख्दै प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेततर्फ पठाइएको प्रहरीले जनाएको छ।

    दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले दुर्घटनाग्रस्त जिप र त्यसका चालक पुष्प बुढालाई नियन्त्रणमा लिएको छ। के कारणले दुर्घटना भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ