• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    एसिया कप छनोट : ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल

    345
    SHARES



    सिंगापुर । एसिया कप पुरुष छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित हात पारेको छ । ओमानले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ९.२ ओभरमा पछ्याएको हो ।

    नेपालको जितमा लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिए । उनले मात्र २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे । पूर्वकप्तान रोहित पौडेलले २० बलमा २१ रन जोडे । उनले २ चौका प्रहार गरे ।

    प्रतियोगितमा लयमा रहेका ओपनर कुशल भुर्तेलले नेपाललाई विस्फोटक सुरुवात दिलाएका थिए । उनले मात्र ८ बलमा ३ चौका र १ छक्काको मद्दतले २० रन बनाए । अर्का ओपनर आसिफ शेख भने १ रन बनाउँदै पभेलियन फर्किएका थिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरुसामु निरीह बनेको थियो । टोलीले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोड्न सक्यो ।

    ओमानका लागि कप्तान सुफयान महमुदले सर्वाधिक ३८ रन को योगदान दिए । जुबेर अल बालुसीले २२ रन तथा अब्दुल जालिलले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो रनको आँकडा छुन सकेनन् ।

    ओमानलाई सस्तोमा समेट्न करनले केसीले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे ।

    सहाब आलम, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट रह्यो । अब नेपालले फाइनलमा हङकङ र मलेसियाबिचको विजेतासँग भिड्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ