• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    खोटाङमा बाढीको असर, मध्यपहाडी लोकमार्गको आवागमन ठप्प

    330
    SHARES



    खोटाङ । अविरल वर्षापछि आएको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला क्षेत्रमा सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ।

    शुक्रबार साँझ परेको भारी वर्षासँगै आएको बाढीले सडकको एक भाग बगाउँदा मध्यपहाडी लोकमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। सडक अवरुद्ध भएपछि भोजपुरबाट काठमाडौं तथा अन्य गन्तव्यतर्फ जाँदै गरेका बस, सुमो, मोटरसाइकललगायतका सवारीसाधन बाटोमै रोकिएका छन्।

    नगर उपप्रमुख विशन राई ले अवरुद्ध सडक खुलाउन तीव्र रूपमा काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार नगरपालिकाले डोजर, स्काभेटर र प्राविधिक जनशक्ति परिचालन गरेर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।

    नगरपालिका–९ का वडाध्यक्ष दिनेश कठायत का अनुसार पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ देखि ३० मिटर सडकमा क्षति पुर्‍याएको छ। सडकमा थुप्रिएको माटो, ढुंगा र लेदो हटाउने काम जारी रहेको उनले बताए।

    स्थानीय प्रशासनले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रुहरूलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ