• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मोबाइलसँगै जन्मदर्ता र बाल्यकालका सम्झना पनि नष्ट, अभिभावकको गुनासो प्रहरीले सुन्दै सुनेन

    426
    SHARES



    काठमाडौं । सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन नष्ट गरिएपछि अभिभावक र विद्यार्थीहरूले महत्वपूर्ण कागजात तथा व्यक्तिगत विवरण गुमाएको गुनासो गरेका छन्। उनीहरूले मोबाइल नष्ट नगर्न पटक–पटक अनुरोध गरे पनि प्रशासनले बेवास्ता गरेको आरोप लगाएका छन्।

    गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका बेला परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइलहरू हालै नष्ट गरिएको थियो। त्यसपछि मोबाइलभित्र सुरक्षित रहेका जन्मदर्ता, सम्पर्क नम्बर, तस्बिर तथा अन्य महत्वपूर्ण सामग्री समेत गुमेको भन्दै अभिभावकहरू असन्तुष्ट बनेका हुन्।

    सिरहाका तारकेश्वर यादवले मोबाइलमा आफ्नो भान्जाको जन्मदर्ताको फोटो सुरक्षित रहेको र अन्य कागजात हराइसकेकाले त्यसको प्रतिलिपि निकाल्न कठिनाइ भएको बताए। उनका अनुसार परीक्षा सकिएलगत्तै मोबाइल फिर्ताको पहल गरे पनि विद्यालय प्रशासन र जिल्ला प्रशासन कार्यालयले कुनै चासो नदेखाएको गुनासो छ।

    मोबाइल जफत भएकी एक विद्यार्थीले फोनभित्र रहेका आफन्तका सम्पर्क नम्बर र व्यक्तिगत सामग्री गुम्दा मानसिक तनाव भएको बताइन्। अर्का एक अभिभावकले चिटचोर नगरेका विद्यार्थीको मोबाइल समेत जफत गरेर नष्ट गरिनु अन्यायपूर्ण भएको टिप्पणी गरे।

    लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले केही अभिभावकले आफूलाई भेटेर मोबाइल फिर्ता गरिदिन आग्रह गरेको पुष्टि गरे। तर मोबाइल जफत वा नष्ट गर्ने विषय परीक्षा समितिको निर्णयसँग सम्बन्धित रहेको उनको भनाइ छ।

    नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले परीक्षा हलमा मोबाइल लैजान प्रतिबन्ध हुनु स्वाभाविक भए पनि जफत गरिएका मोबाइल नै नष्ट गर्नु अत्यधिक कठोर र अनुपयुक्त निर्णय भएको प्रतिक्रिया दिएका छन्।

    यस घटनापछि जफत गरिएका सामग्री व्यवस्थापन र विद्यार्थीको डिजिटल सम्पत्तिको सुरक्षाबारे बहस सुरु भएको छ। अभिभावकहरूले आगामी दिनमा यस्ता निर्णय गर्दा मानवीय र व्यावहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने माग गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ