• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चिङ्खुवा खोलाको बाढीले सडक बगायो, पाँचखपन–चैनपुर आवागमन ठप्प

    340
    SHARES



    सङ्खुवासभा । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने मुख्य सडक अवरुद्ध भएको छ। सडकको विभिन्न स्थानमा क्षति पुगेपछि शुक्रबार रातिदेखि नै यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ।

    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पाँचखपन–७ र ८ को बीचमा पर्ने चिङ्खुवा खोलामा आएको बाढी तथा पहिरोका कारण बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो।

    कल्लेरी क्षेत्र आसपास चिङ्खुवा खोलामा आएको बाढीले सडकको करिब १५ मिटरभन्दा बढी भाग बगाएको छ। बाढीले सडक संरचनामा ठूलो क्षति पुर्‍याएपछि पाँचखपन र चैनपुरबीचको आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

    यस्तै, पाँचखपनको चुङ्खुरुङ क्षेत्रतर्फ ठूलो पहिरो खसेपछि सडक थप जोखिमपूर्ण बनेको छ। शनिबार बिहानदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ।

    सडक निर्माणको काम भइरहेकै बेला आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ। अवरुद्ध सडक खुलाउन स्थानीय तह, निर्माण कम्पनी र सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ।

    लगातार वर्षा भइरहेकाले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ