• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अतिरिक्त स्वास्थ्य सचिव पदका लागि देवकोटा र शर्मा सिफारिस

    335
    SHARES



    काठमाडौं । अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएको छ।

    सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ।

    डा. देवकोटा हाल डडेलधुरा अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीमा छिन् । डा. शर्मा भने गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन् । उनी यसअघि गण्डकी प्रदेश सरकारको स्वास्थ्य सचिवको भूमिकामा समेत रहेका थिए ।

    बढुवा मूल्यांकनमा लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी थिइन् । तर प्राप्त अंकका आधारमा शीर्ष स्थानमा परेका दुई उम्मेदवारको नाम मात्र सिफारिस गरिएको स्रोतको भनाइ छ ।

    उक्त पद गत भदौदेखि रिक्त रहेको थियो । तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव टंक बाराकोटीले राजीनामा दिएपछि पद खाली भएको हो। बढुवाका लागि आवेदन खुला गरिएकामा १३ जना अधिकारीले दाबी प्रस्तुत गरेका थिए ।

    अब सिफारिसमा परेका दुई जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ