• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    277
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो ।

    सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो ।
    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।

    यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ, जुन दुई दिनअघि २ लाख ४९ हजार १४० रुपैयाँ थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ