• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    स्वास्थ्य क्षेत्रमा थपियो ९७७ दरबन्दी, कुन विधामा कति ?

    144
    SHARES



    काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ । उक्त निर्णयसँगै संघीय पुल अन्तर्गत स्वास्थ्य क्षेत्रमा कुल १ हजार ८०८ दरबन्दी स्वीकृत भएको छ ।

    सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको नयाँ दरबन्दी संरचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयका अनुसार अब ती दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने तयारी गरिएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सामान्य प्रशासनबाट प्राप्त स्वीकृत दरबन्दीलाई कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म स्वास्थ्य मन्त्रालय अन्तर्गत ८३१ दरबन्दी मात्र मौजुदा अवस्थामा थिए । तर नयाँ संगठन संरचना स्वीकृत भएसँगै थप ९७७ दरबन्दी थपिएर कुल दरबन्दी संख्या एक हजार ८०८ पुगेको हो । स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार दरबन्दी विस्तार विशेषगरी विशेषज्ञ चिकित्सकहरूको क्षेत्रमा केन्द्रित गरिएको छ ।

    विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको पदसंख्या उल्लेखनीय रूपमा वृद्धि गरिएको भन्दै यसले स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

    सचिवालयले यो स्वीकृत दरबन्दी सूची तत्काल सेवा प्रवेशका लागि नभई संघीय संरचनाअन्तर्गत संघीय पुल दरबन्दी को प्रशासनिक ढाँचा मात्र भएको स्पष्ट पारेको छ ।

    ती दरबन्दीमार्फत संघीय तहमा आवश्यक जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको बताइएको छ । यसैबीच, प्राविधिक स्वास्थ्य जनशक्ति उत्पादन र वितरणलाई पनि पुनर्संरचना गर्ने तयारी गरिएको छ ।

    मन्त्रालयका अनुसार सीएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा खुल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ