• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुने रुलिङ गर्न सभामुखले गरे इन्कार

    32
    SHARES



    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न इन्कार गरेका छन् । विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग राखिरहेका छन् ।

    यस सन्दर्भमा सभामुख अर्यालले भनेका छन्, ‘मलाई थाहा छ माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ ।’

    विपक्षी दलहरूको यस्तो इच्छा नेचुरुल (प्राकृतिक) प्रक्रिया भएको भन्दै उनले प्रधानमन्त्री उपस्थित हुने विषय पनि नेचुरल नै रहेको बताए ।रुलिङ गर्न इन्कार गर्दै सभामुख अर्यालले भने, ‘प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

    तर, विपक्षीले मानेनन् । त्यसपछि सभामुखले विपक्षीको अवरोधका बीच सभालाई अगाडि बढाए । सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

    विरोधका बीच विधेयकमाथिको छलफल अगाडि बढ्यो । विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन् । विधेयकमाथि बोल्न गएका रास्वपा सांसद अशोक कुमार चाधरीले संसद्लाई विरोधको थलो बनाउन नहुने भनेर विपक्षीलाई कटाक्ष समेत गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ