• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संवैधानिक इजलासमा पेश हुने भयो अध्यादेशविरुद्ध रिट दर्ताको विवाद

    51
    SHARES



    काठमाडौं । सर्वोच्च अदालतले अध्यादेशविरुछ पेश भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भनी संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने आदेश गरेको छ ।

    न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्क्योल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

    सामान्यतया : अदालत प्रशासनले दरपीठ गरेका निवेदन एक न्यायाधीशको इजलासले सुनुवाइ गरेर टुंग्याउने गर्थ्यो ।

    अध्यादेशको संवैधानिकता परीक्षण गर्ने संवैधानिक इजलासले नै रिट निवेदन दर्ता गर्ने वा नगर्ने टुंगो लगाउनुपर्ने भन्दै सर्वोच्चको एकल इजलासले दरपीठविरुद्धको निवेदन सवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो ।

    न्यायाधीश पोखरेलको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘अध्यादेश बदरको माग धारा १३७ बमोजिम संवैधानिक इजलासको क्षेत्राधिकारभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदर मागको निवेदनसमेत उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिंदा संवैधानिक इजलासमा पेश गर्नू ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ