• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    लिग–२ : ओपनर कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

    430
    SHARES



    काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ ।

    अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

    ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

    आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

    स्मितले शेहान जयसुरियासँग दोस्रोे विकेटका लागि शतकीय साझेदारी गरेका थिए । शेहान ५२ बलमा ५० रन बनाएर आउट भए । शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए ।

    १२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।

    मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए ।

    शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे । बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ