• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    चीन भ्रमण सकेर वासिङ्टन फर्किँदै ट्रम्पले भने – वार्ता अत्यन्त सफल र अविस्मरणीय

    40
    SHARES



    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रूपमा अविस्मरणीय’ भएको बताएका छन् ।

    बेइजिङको दुई दिने भ्रमण पूरा गरी ट्रम्प वासिङ्टन फर्किएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले भ्रमणलाई ‘ऐतिहासिक र कोसेढुङ्गा’ भनेर चित्रण गरेका छन् । यद्यपि, दुई देश बीच कुनै ठूलो व्यापारिक सम्झौता वा नयाँ सम्झौताको घोषणा भने गरिएको छैन ।

    ट्रम्प बेइजिङबाट एयर फोर्स वन विमानमार्फत वासिङ्टन उडेका छन् । बाटोमा उनले सञ्चारकर्मी सँग कुरा गर्न सक्ने विश्वास गरिएको छ, जसबाट बैठकमा भइका थप विवरणहरू बाहिर आउन सक्छन् ।

    भेटका क्रममा दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको बताइएको छ । यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दाबी गरेका थिए ।

    ट्रम्पका अनुसार चीनले हर्मुजको जलडमरू फेरि खोल्न चाहेको छ । बेइजिङले संयुक्त राज्य अमेरिकासँग तेल किन्न पनि सहमति जनाएको ट्रम्पको दाबी छ ।

    यद्यपि, अहिलेसम्म दुवै पक्षले वार्ताको ठोस नतिजा वा कुनै औपचारिक सम्झौता बारेमा सीमित जानकारी मात्र साझा गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ