• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    साउदी अरबले पनि इरानमाथि गोप्य आक्रमण गरेको खुलासा

    259
    SHARES



    एजेन्सी । साउदी अरबले पनि इरानको भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ।

    समाचार संस्था रोयटर्सका अनुसार गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरानविरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको थियो।यसभन्दा पहिला साउदी अरबले इरानमाथि प्रत्यक्ष हमला गरेको खुलेको थिएन।

    अमेरिका र इजरायलले भने केही महिनादेखि इरानमाथि भीषण आक्रमण गरेका छन्। त्यसपछि इरानले पनि इजरायलसहित मध्यपूर्वमा रहेका अमेरिका समर्थित खाडी मुलुकहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो।

    फेब्रुअरी २८ बाट सुरु भएको अमेरिका–इरान र क्षेत्रीय द्वन्द्वका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि लगातार ड्रोन र मिसाइल प्रहार गरेका थिए।

    सोही प्रहारको बदलास्वरूप साउदी अरबले इरानभित्रै जवाफी आक्रमण गरेको रोयटर्सले उल्लेख गरेको छ। सैन्य कारबाहीको यो शृङ्खलापछि साउदी र इरानबीच कूटनीतिक च्यानलहरू मार्फत गहन संवाद भएको पनि रोयटर्सले जनाएको छ।

    आफ्नो सुरक्षाका लागि लामो समयदेखि अमेरिकामा भर पर्दै आएको साउदी अरबले आफ्नो मुलुकको रक्षा गर्ने मामिलामा अब आफै पनि कडा कदम चाल्न थालेको छ।

    साउदी अरबले इरानमाथि आक्रमण गरे पनि, दुवै देशले द्वन्द्व थप बढ्न नदिन कूटनीतिक संयमता अपनाएका छन्। तर साउदी र इरानबीचको कूटनीतिक सम्बन्ध भने अझै तनावपूर्ण नै रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ