• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कैलालीमा एकै दिन दुई किशोरी मृत फेला, प्रहरीले थाल्यो अनुसन्धान

    303
    SHARES



    धनगढी । कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार गोदावरी नगरपालिका–५ गेटाकी १६ वर्षीया र वडा नम्बर–८ स्याउलेकी १५ वर्षीया किशोरी आ–आफ्नो घरको कोठाभित्र पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले दुवै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

    प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा दुवै किशोरी एसईई परीक्षाको नतिजाप्रति सन्तुष्ट नरहेको खुलेको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    एकै दिन दुई किशोरी मृत फेला परेपछि स्थानीय समुदायमा शोक र चिन्ता फैलिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ