• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    श्रममन्त्रीको सचिवालयका कर्मचारी मियाँ अपहरण मुद्दामा पक्राउ

    275
    SHARES



    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी गम्भीर अपराध मुद्दामा पक्राउ परेका छन्।

    सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज नगरपालिका–३ पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई प्रहरीले सोमबार राजविराजबाट पक्राउ गरेको हो। सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीले मियाँलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

    प्रहरीका अनुसार २०८२ फागुन १४ गते राजविराज नगरपालिका–३ हनुमान चोकबाट राजु कुमार चौधरीलाई अपहरण गरिएको घटनामा मियाँको संलग्नता देखिएको छ। आरोपअनुसार बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलमा आएका मियाँसहित चार जनाको समूहले बन्दुक देखाएर चौधरीलाई नियन्त्रणमा लिएको थियो।

    पीडितले दिएको जाहेरीअनुसार उनीहरू दुई वटा मोटरसाइकलमा आएका थिए। समूहले चौधरीलाई राजविराज नगरपालिका–८ स्थित हिमालय राइस मिल पछाडि पर्ने ‘पर्वत’ भनिने सुनसान स्थानमा लगेर बन्धक बनाएको र कुटपिटसमेत गरेको आरोप छ।

    प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ