• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    छुट्टाछुट्टै दुर्घटनामा परी सल्यान र सुनसरीमा २ जनाको मृत्यु

    114
    SHARES



    काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा परी सल्यान र सुनसरीमा २ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका-१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-५ तीनकुनेस्थित कालाबन्जार-धरान सडक खण्डमा आज (शनिबार) बिहान साढे ४ बजे मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    धरान नगरपालिका-८ का ३० वर्षीय मनीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइक दुर्घटना भएको प्रहरीको दाबी छ ।

    तीनकुनेस्थित मिलिजुली स्कुल नजिकैको कलभर्टमा बस्नेतले चलाएको प्रदेश १-०१-०१८ प ७८९२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ