काठमाडौँ । दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविर भ्रमणका क्रममा ‘अल्टा एक्स जेन २’ कार्गो ड्रोन सार्वजनिक गरेका छन् ।
स्रोतका अनुसार अमेरिकी कम्पनी फ्रीफ्लाइले निर्माण गरेको सो ड्रोन शुक्रबार आधार शिविरमै अनावरण गरिएको हो । ड्रोनको हाल केवल उद्घाटन मात्र गरिएको हो । आवश्यक सबै प्रक्रिया पूरा भएपछि मात्र यसको नियमित सञ्चालन सुरु गरिने बताइएको छ।
यो ड्रोन प्रयोगमा आएपछि दुर्गम हिमाली क्षेत्रमा सामग्री ढुवानी सेवालाई प्रभावकारी बनाउन सकिने अमेरिकी पक्षको दाबी छ ।
प्रतिक्रिया