• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिदसम्बन्धि अध्यादेश

    340
    SHARES



    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।

    आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । तर सरकारले यसअघि पठाएका ४ अध्यादेश भने अझै स्वीकृत हुन बाँकी छ ।

    सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

    आजै राष्ट्रपतिले ती अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गरेका थिए। राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले छलफलमा सरकारबाट एकै पटक धेरै संख्यामा अध्यादेशहरू आएको सन्दर्भमा के गर्दा उपयुक्त हुन्छ भनेर जिज्ञासा राखेका थिए ।

    स्रोतका अनुसार राष्ट्रपतिले सबैभन्दा बढी जिज्ञासा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राखेका थिए । जवाफमा कानुनविद्हरूले संविधान र कानुनअनुसार जे गर्दा उपयुक्त हुन्छ त्यही गर्न सुझाव दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ