• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    यो वर्षको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

    311
    SHARES



    काठमाडौँ । यो वर्ष ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो ।

    नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो ।

    कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
    १. विद्युत र ग्यास: २०.९३%
    २. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
    ३. थोक तथा खुद्रा व्यापार: ८.२१%
    ४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
    ५. यातायात तथा भण्डारण: ५.७९%
    ६. सूचना तथा सञ्चार: ५.५३%
    ७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
    ८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
    ९. खानी तथा उत्खनन: ३.५२%
    १०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
    ११. उद्योग : २.८३%
    १२. घर जग्गा कारोबार सेवा: २.६९%
    १३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
    १४. निर्माण: २.३१%
    १५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
    १६. शिक्षा: १.५०%
    १७. कृषि, वन तथा मत्स्य: १.२८%
    १८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ