• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भक्तपुरमा हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो हुँदै

    242
    SHARES



    भक्तपुर । भक्तपुरमा आगामी जेठ १३ र १४ गते हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो हुँदैछ । गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुने एक्स्पो अन्तराष्ट्रिय स्तरको रहने आयोजक युथ इको नेपालले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

    आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलले एक्स्पोको प्रमुख आकर्षणका रूपमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति र प्रशिक्षण रहने बताएका छन् । त्यस्तै, म्याक अब्राहेम, रोहित तिवारी तथा नेपालका लोकप्रिय कलाकार चिरागको समेत सहभागिता रहने अध्यक्ष गजुरेलले जानकारी गराए । उनीहरु सबै सृंगार क्षेत्रका सेलिब्रेटी भएका उनले बताए ।

    सो अवसरमा सय वटा स्टल राखी हाटबजार बनाइने र व्यवसाय प्रवर्द्धन गरिने जर्मन होम्स हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राजन कार्कीले बताएका छन् । सौन्दर्य कला, साजसज्जा तथा भक्तपुरको मौलिक पहिचानको विकास र प्रवर्द्धनमा कार्यक्रम हाटबजार केन्द्रीत रहने उनको भनाइ छ ।

    संस्थाका संरक्षक नरेश रन्जितले अन्तराष्ट्रिय ख्यातिप्राप्त सौन्दर्यकर्मीहरुको प्रशिक्षण र प्रयोगात्मक कक्षाले सहभागीहरुमा ज्ञान र सीपको अभिवृद्धि हुने तथा आत्मविश्वास बढ्ने बिश्वास व्यक्त गरेका छन् ।

    नेपालको सौन्दर्य तथा साजसज्जा क्षेत्रमा कार्यरत पेशाकर्मी, व्यवसायी, कलाकार र यसप्रति रुची राख्नेहरुलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको र यसमा २ हजार जनाले प्रत्यक्षरुपले दुईदिने कार्यशालामा सहभागिता जनाउने आयोजकको भनाइ छ । प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । खल्ती एपमार्फत सहभागिता अग्रिम सुनिश्चित गर्नसकिने आयोजकले जानकारी दिएको छ।

    आयोजक युथ इको नेपालले गत साउनमा सबैभन्दा बढी सहभागीसहित सौन्दर्य कार्यशाला सम्पन्न गरी एसियन रेकर्ड पनि बनाइसकेको छ। यो बिभिन्न क्षेत्रमा आवद्ध युवाहरु सम्मिलित गैरनाफामुखी संस्था हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ