• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनको मूल्य फेरी प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो

    386
    SHARES



    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नाघेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएङ्को छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ। सुनसँगै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ।

    हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ