• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    थापाथली सुकुमबासी बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    268
    SHARES



    काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज शनिबार र आइतबार दुई दिन लागाएर हटाउने तयारी गरेको छ । उपत्यकाका सुकुमवासी बस्तीमा शुक्रबार साँझदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन् ।

    नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै सरकारको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।

    उक्त समय सीमा सकिएसँगै आजदेखि नै अनधिकृत घर टहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।

    विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

    बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ