• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अतिक्रमणकारी र सुकुमबासी छुट्याएर समस्याको समाधान: बालेन शाह

    235
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह ले देशभरका वास्तविक सुकुमबासीहरूको पहिचान गरी उनीहरूलाई यथाशीघ्र जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    शुक्रबार आफ्नो आधिकारिक फेसबुकमार्फत उनले वर्षौँदेखि जटिल बन्दै आएको सुकुमबासी समस्याको स्थायी समाधानतर्फ सरकार अग्रसर रहेको बताएका छन्।

    नदीकिनारमा बसोबास गर्नेहरू उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले उनीहरूको सुरक्षित स्थानमा व्यवस्थापन आवश्यक रहेको बताएका छन्। बाढीका कारण हरेक वर्ष ज्यान जोगाउन बाध्य हुने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

    मेयर शाहले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्तीहरूलाई बल प्रयोग नगरी, मानवीय ढङ्गले सुरक्षित स्थानमा स्थानान्तरण गरिने जानकारी दिएका छन्। उनका अनुसार यस्ता बस्तीका कारण ढल निकास अवरुद्ध हुँदा काठमाडौँका नदीहरू प्रदूषित हुँदै गएको छ।

    सुकुमबासी व्यवस्थापन आफ्नो चुनावी प्रतिबद्धता भएको उल्लेख गर्दै उनले अतिक्रमणकारी र वास्तविक सुकुमबासीलाई छुट्याएर मात्र समाधान अघि बढाइने बताए।

    ‘वास्तविक सुकुमबासीलाई प्रक्रिया पूरा गरी जग्गा उपलब्ध गराइन्छ, अतिक्रमणलाई भने निरुत्साहित गरिन्छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ